शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

त्रिविको दीक्षान्त समारोहमा १६ हजार जना विद्यार्थी दीक्षित

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा १६ हजार तीन सय जनाभन्दा धेरै विद्यार्थी दीक्षित भएका छन् ।आज एक समारोहका बीच प्रधानमन्त्री एवम् विश्वविद्यालयकी कुलपति सुशीला कार्कीलगायत शैक्षिक क्षेत्रका अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा गर्नुभएको हो । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार एक सय एक जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्शालामा चलिरहेको समारोहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि रहेका छन्। । कार्यक्रममा सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत प्राज्ञको पनि उपस्थिति छ ।

विश्वविद्यालयका उपकुलपति प्रा दीपक अर्यालले विश्वविद्यालय क्रमिक रूपमा सुधारको बाटोमा अग्रसर भएको बताउँदै दीक्षित विद्यार्थीलाई बधाई दिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x