शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

एशियाली खेलकुदमा भाग लिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्णय

काठमाण्डौ  । राष्ट्रिय खेलकुद परिषद् राखेपले अर्को वर्ष जापानमा आयोजना हुने २०औं एशियाली खेलकुदमा भाग लिने निर्णय गरेको छ । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा हिजो बसेको राखेपको १ सय २४औं बोर्ड बैठकले एशियाली खेलकुदमा भाग लिने निर्णय गरेको हो ।अघिल्लो सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र नेपाल ओलम्पिक कमिटी एनओसी बीचको विवादका कारण एशियाली खेलकुद अन्यौलमा थियो । राखेपले लामो समयदेखि विभिन्न खेलका खेलाडीलाई सम्मिलित गर्दै मिसन २०२६ सञ्चालन गरिरहेको छ ।

जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीले ३० वटा खेलको सहभागिताका लागि एशियाली खेलकुद आयोजकलाई सूची पठाएको थियो । राखेपको पछिल्लो निर्णयले एशियाली खेलकुदको तयारीमा रहेका खेलाडी केही उत्साहित बनेका छन् । २०औं एशियाली खेलकुद २०८३ साल असोज ३ गतेदेखि १८ गतेसम्म जापानमा हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x