शनिबार, पुस १२, २०८२
Saturday, December 27, 2025

सूर्य नेपाल गल्फ टुर २०२५–२६ सिजन शुरु हुँदै

काठमाडौं। नेपालकै प्रतिष्ठित व्यावसायिक गल्फ प्रतियोगिता सूर्य नेपाल गल्फ टुर २०२५–०२६ सिजन सोवबारदेखि काठमाडौंबाट शुरु हुने भएको छ ।
सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गोकर्ण फरेस्ट गल्फ रिसोर्टबाट आयोजना हुने भएको हो । नेपालका शीर्ष व्यावसायिक तथा एमेच्योर गल्फरहरूको सहभागिता रहने यो प्रतियोगिता कुल ७२ होलमा खेलाइनेछ । प्रो गल्फर सुवास तामाङ र युवा एमेच्योर गल्फर सद्भाव आचार्यले यो प्रतियोगिता खेल्ने छैनन् । सिजनको अन्ततिर उनीहरु आउन सक्ने गोकर्ण गल्फ कोर्षका डाइरेक्टर दीपक आचार्यले जानकारी दिए ।सेन्ट्रल ओपनमा पहिलो दुई राउन्ड ९३६ होल० पछि कट सुरु हुनेछ । शिर्ष १८ व्यावसायिक खेलाडी तथा प्रो–कट पार गर्ने एमेच्योर खेलाडीहरू अन्तिम ३६ होलमा प्रवेश गर्नेछन् । यसअघि २१ खेलाडीले कट बचाउने प्रावधान थियो । प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ । विजेताले एक लाख ७० हजार, उपविजेताले एक लाख २५ हजार, तेस्रो स्थानले १ लाख, चौथोले ८२ हजार र पाँचौं स्थानले ७२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष १८ व्यावसायिक खेलाडीले पुरस्कार पाउनेछ । नेपाल नम्बर एक गल्फर नीरज तामाङ, साविक एमेच्योर च्याम्पियन राहुल विश्वकर्मा, तथा अनुभवी खेलाडीहरू भुवन नगरकोटी, तोरण शाही, दिनेश प्रजापति, सञ्जय लामा र रबि खड्का उपाधिका दाबेदार हुन् । सूर्य नेपाल गल्फ टुर २०२५–२६ कुल ८ वटा प्रतियोगिता हुनेछन् । माघ १४ देखि १७ गते सूर्य नेपाल ईस्टर्न ओपन धरान गल्फ क्लबमा र माघ २७ देखि २९ गतेसम्म सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप ९आर्मी गल्फ कोर्स, बर्दिवास० हुनेछ । बर्दिबासमा पहिलोपल्ट प्रतियोगिता हुन लागेको हो । यस सिजनको कुल पुरस्कार राशि ८० लाख १० हजार रुपैयाँ रहेको छ। नेपाल प्रोफेशनल गल्फर्स एसोसिएसन एनपिजिए का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले नयाँ सिजनप्रति उत्साह व्यक्त गर्दै सूर्य नेपाल गल्फ टुरले १९औँ वर्षमा प्रवेश गर्नु नेपाली प्रतिस्पर्धात्मक गल्फका लागि महत्वपूर्ण उपलब्धि रहेको बताए । सूर्य नेपाल गल्फ टुर २०२५–२६ सिजनले नेपालका उत्कृष्ट गल्फ कोर्सहरूमा उच्चस्तरीय प्रतिस्पर्धा प्रश्तुत गर्ने अपेक्षा गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x