आइतवार, पुस १३, २०८२
Sunday, December 28, 2025

हतियार निर्यात खुकुलो पार्ने सत्ताधारी गठबन्धनको योजनाविरुद्ध जापानी प्रदर्शनकारीहरूको र्‍याली

टोकियोमा जापानी प्रदर्शनकारीहरूले सत्ताधारी गठबन्धनको हतियार निर्यातमा रहेका लामो समयदेखिका प्रतिवन्धहरू खुकुलो पार्ने योजनाको विरोध गरेका छन् ।

उनीहरूले जापानमा निर्मित हतियारहरूले विश्वव्यापी द्वन्द्व निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेका छन् । टोकियोस्थित लिबरल डेमोक्रेटिक पार्टीको मुख्यालय अगाडि जापानी प्रदर्शनकारीहरूले हतियार निर्यातमा रहेका प्रतिवन्धहरूलाई उल्लेख्य रूपमा खुकुलो पार्ने सत्ताधारी गठबन्धनको योजनाप्रति विरोध प्रदर्शन गरेका छन् । ¥यालीमा प्रदर्शनकारीहरूले जापानमा निर्मित हतियारहरू नबेच, युद्ध चाहिँदैन र हतियार निर्यातको कडा विरोध गरौं भन्ने नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । प्रदर्शनकारीका प्रतिनिधिहरूले एक ज्ञापनपत्र बुझाउँदै पाँच–श्रेणीको प्रतिवन्ध खारेज गर्ने उद्देश्यले भइरहेका सबै कार्यहरू तुरुन्त रोक्न माग गरे । हालको व्यवस्था अन्तर्गत, निर्यात गर्न मिल्ने रक्षा उपकरणहरू उद्धार, यातायात, पत्ता लगाउने, निगरानी र बारुदी सुरुङ हटाउने जस्ता पाँच गैर–घातक श्रेणीहरूमा मात्र सीमित छन् । डिसेम्बर १५ मा सत्ताधारी गठबन्धनले रक्षा उपकरण र प्रविधि हस्तान्तरणका तीन सिद्धान्तहरूको कार्यान्वयन दिशानिर्देशहरू परिमार्जन गर्न र हतियार निर्यातको पाँच–श्रेणीको सीमा हटाउन सहमति जनाएको थियो । यस सम्बन्धी प्रश्ताव अर्को वर्षको फेब्रुअरीमा मन्त्रिपरिषद्मा पेश गरिने पुष्टि भएको छ । जसले जापानभित्र गहिरो चिन्ता र आलोचना पैदा गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x