३० आश्विन २०८३, शुक्रबार

मौसम – तराईका अधिकांश स्थानहरुमा हस्सु र कुहिरो रहने

0
Shares


हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।