सबै नेपालीलाई जोड्नसक्ने एकताको प्रतिक राष्ट्रिय झण्डा होः मन्त्री खरेल
काठमाण्डौं। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै नेपालीलाई जोड्नसक्ने एकताको प्रतिक राष्ट्रिय झण्डा रहेको बताएका छन् ।
राष्ट्रिय पोशाक दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय झण्डाप्रति सबैको सम्मान र गरिमा रहेको बताए । उनले देशको पहिचान जोगाउन सबै लागिपर्नुपर्ने बताउदै विश्वमा देशको पहिचान जोगाउनुपर्ने बताए ।
मन्त्री खरेलले भने, ‘हामीले आफ्नो देशको पहिचान जोगाऔँ । देशभित्र पनि जोगाऔँ । विश्वमा पनि जोगाऔँ । त्यसको लागि यहाँहरुसँग हातेमालो गर्न नेपाल सरकार तयार छ । राष्ट्रिय झण्डा भन्नेबित्तिकै यसप्रतिको श्रद्धा यति धेरै छ । यो देशमा राष्ट्रिय एकताको प्रतिक अहिले केही छ, जसले सबै नेपालीलाई जोड्नसक्छ भने त्यो यही राष्ट्रिय झण्डा हो ।’
उनले पोशाक दिवसलाई राष्ट्रिय दिवसको रुमपा मनाउने पहलमा आफू निरन्तर लागिपर्ने बताए।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE