आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

वार्षिक क्यालेण्डरमार्फत नेपाली क्रिकेटको संरचनागत विकासमा जोड

काठमाडौं । नेपाली क्रिकेटको पुरुष, महिला, युवा र विकाससम्बन्धी गतिविधिसहित वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । नेपाल क्रिकेट संघले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सिनियर र युवाका कार्यक्रम समेट्दै वार्षिक क्रिकेट क्यालेण्डर सार्वजनिक गरेको हो ।

नेपाली खेलकुदकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतिष्पर्धा नेपाल प्रिमियर लिग अक्टोबरदेखि नोभेम्बरसम्म आयोजना गरिने क्यालेण्डरमा समावेश छ । क्यानले सार्वजनिक गरेको यो वार्षिक क्यालेण्डरले नेपाली क्रिकेटको संरचनागत विकास, खेलाडी उत्पादन, महिला तथा युवा क्रिकेटको विस्तार साथै प्रशिक्षक र अम्पायर विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यस वर्षको क्यालेण्डरमा जिल्लादेखि प्रदेश हुँदै राष्ट्रिय तहसम्म विभिन्न प्रतियोगिता, तालिम तथा विकासात्मक कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख गरिएको छ ।

जनवरीमा पुरुष प्रधानमन्त्री कप शुरु भएसँगै क्यालेणन्डरको शुरुवात हुनेछ । फेब्रुअरी १२ देखि २२ सम्म जय ट्रफी हुने भएको छ । सोही महिनामा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको जिल्ला चरण पनि आयोजना गर्ने क्यानले उल्लेख गरेको छ ।

मार्च महिनामा पुरुष प्रधानमन्त्री कप मार्च २८ देखि अप्रिल २२ सम्म सञ्चालन गरिने क्यालेन्डरमा उल्लेख छ। राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको प्रदेश र महिला प्रधानमन्त्री कपको जिल्ला छनोट पनि आयोजना गरिनेछन् । अप्रिल महिनामा महिला प्रधानमन्त्री कपको प्रदेश चरण, पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको जिल्ला तथा प्रदेश छनोट हुनेछन् । मे महिनामा महिला प्रधानमन्त्री कपको मे २ देखि २० सम्म आयोजना गरिनेछ। यसै महिनामा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको राष्ट्रिय, यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता तथा क्यान युथ क्याम्प हुने क्यालेन्डरमा समावेश छ ।

जुन महिनामा सातै प्रदेशमा क्यान लेभल–१ कोचिङ कोर्स सञ्चालन गरिनेछ । जुन १५ देखि २५ सम्म राष्ट्रिय टी ट्वान्टी च्याम्पियनसिप आयोजना हुनेछ। जुलाई महिनामा क्यान लेभल–२ कोचिङ कोर्स तथा पिच क्युरेटर कोर्स सञ्चालन हुनेछन् । अगस्टमा क्यान लेभल–१ अम्पायरिङ कोर्स आयोजना गरिने वार्षिक क्यालेण्डरमा समावेश छ ।

सेप्टेम्बरदेखि अक्टोबरसम्म महिलामा लामो फम्र्याट प्रतियोगिता आयोजना गर्ने प्रस्ताव गरिएको छ । साथै अक्टोबर महिनामै यु–१६ बोइज तथा गल्र्स राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप, अन्तरविद्यालय तथा कलेजस्तरीय लामो फम्र्याटका प्रतियोगिता र विभिन्न क्षेत्रीय छनोट आयोजना हुनेछन् । डिसेम्बर महिनामा पनि क्षेत्रीय प्रतियोगिताहरू सञ्चालन गरिने भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x