शुक्रबार, माघ २४, २०८२
Friday, February 6, 2026

एनभीए भलिवल च्याम्पियनशिपको महिलातर्फको उपाधि न्यु डायमन्डलाई, पुरुषतर्फ भने हेल्प नेपाल बन्यो प्रथम

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनशिपको उपाधि न्यु डायमन्ड भलिबल क्लबले जितेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यु डायमन्डले उपाधि जितेको हो ।

न्यु डायमन्डले पहिलो सेट २५–१८, दोश्रो सेट २५–१९ र तेश्रो सेट २५–१८ ले जित्यो । उपाधिसँगै न्यु डायमन्डले ५ लाख रुपैयाँ पाएको छ भने उपविजेता बनेको पुलिसले २ लाख ५० हजार रुपैयाँ जितेको छ ।
यस्तै पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्बललाई..सेटमा हराउदै हेल्प नेपालले उपाधि जितेको हो ।

पुरुषतर्फ नेपाल पुलिस क्लबले रुकुम पश्चिमलाई ३–२ को सेटमा हराउँदै तेश्रो स्थान कायम गरेको छ । यसैगरी महिलातर्फ सशस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेश्रो भएको छ । योसँगै तेश्रो स्थान प्राप्त गरेका पुरुषतर्फ पुलिस र महिलातर्फ एपीएफले समान १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको महिला र पुरुष विजेताले समान ५ लाख रुपैयाँ पाएका छन् भने उपविजेताले समान २ लाख ५० हजार रुपैयाँ पाएका छन् । गएको पुस ११ गतेदेखि सञ्चालनमा रहेको नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोलीको सहभागिता छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x