मङ्लबार, पुस २२, २०८२
Tuesday, January 6, 2026

भेनेजुएलामाथि अमेरिकी सैन्य कारबाहीपछि राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै

अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक आज बस्दै छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुनका लागि ‘खतरनाक नजिर’ भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको जनाईएको छ ।

कूटनीतिज्ञहरूका अनुसार कोलम्बियाको अनुरोधमा, रूस र चीनको समर्थनसहित १५ सदस्यीय सुरक्षा परिषद्को बैठक बस्न लागेको हो । अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावका कारण सुरक्षा परिषद् बैठक यसअघि पनि गएको अक्टोबर र डिसेम्बरमा दुई पटक बैठक बसेको थियो । महासचिव गुटेरेसले सबै पक्षले संयुक्त राष्ट्रसंघको चार्टरसहित अन्तर्राष्ट्रिय कानुनको पूर्ण सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

अहिलेको घटनाक्रमले अन्तर्राष्ट्रिय कानुनका नियमहरू उल्लङ्घन भएको गम्भीर आशंका पैदा गरेको उनको भनाइ छ । भेनेजुएलाका संयुक्त राष्ट्रसंघका राजदूत सामुएल मोन्काडाले अमेरिकी कारबाहीलाई ‘औपनिवेशिक युद्ध’ को संज्ञा दिँदै कडा आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ‘सुरक्षित, उचित र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म’ अमेरिकाले त्यहाँको प्रशासन सम्हाल्ने बताएका छन् । तर त्यससम्बन्धी स्पष्ट कार्ययोजना सार्वजनिक गरिएको छैन ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरो लागूऔषध तस्करीसँग जोडिएको तानाशाह भएको टिप्पणी गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x