मङ्लबार, पुस २२, २०८२
Tuesday, January 6, 2026

देशभर दिनहुँ चिसो बढ्दै,काठमाण्डौको तापक्रम ४ डिग्रीबाट तल झर्यो

काठमाण्डौसहित देशभर दिनहुँ चिसो बढेको छ । काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेकोमा आज बिहान ३ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौको यो तापक्रम यस वर्षको हिउँद शुरू भएयताकै सबैभन्दा कम हो ।

मौसमविद् विनु महर्जनका अनुसार आगामी केही दिनसम्म तापक्रम यही आसपास रहने अनुमान छ । तराईका धेरैजसो ठाउँमा आज पनि बिहान बाक्लो हुस्सु र कुहिरो लागेको छ । विशेषगरी बाँकेको नेपालगञ्जमा आज बिहान सबैभन्दा बाक्लो हुस्सु लागेको मौसमविद् महर्जनले जानकारी दिईन् उनका अनुसार नेपालगञ्जको भिजिबिलिटी ५० मिटर मात्र रहेको छ ।

त्यसैगरी भैरहवामा भिजिबिलिटी १ सय मिटर मापन गरिएको छ । काठमाण्डौ उपत्यकाको मौसम भने सामान्यतया सफा नै रहेको छ । काठमाण्डौमा बिहानपख ५ किलोमिटरसम्मको भिजिबिलिटी रहेको छ । तराईमा लागेको बाक्लो हुस्सुका कारण जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा सडक यातायातमा प्रत्यक्ष प्रभाव परेको छ । मौसमविद्हरूले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई चिसोबाट जोगिन न्यानो कपडा प्रयोग गर्न र आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । आज पनि एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x