कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने
काठमाण्डौं। आईतवार हस्ताक्षर गरिएको समझदारी पत्र एमओयू अन्तर्गत कतारले सन् २०२६ को ग्रीष्मयाममा इजिप्टलाई २४ वटासम्म तरल प्राकृतिक ग्यास एलएनजीका खेपहरू शिपमेन्ट आपूर्ति गर्ने भएको छ । यो जानकारी कतारको सरकारी स्वामित्वको पेट्रोलियम कम्पनी कतार इनर्जीले दिएको हो ।
एक विज्ञप्तिमा कम्पनीले कतार इनर्जी र इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयबीच भएको यो समझदारीले ऊर्जा क्षेत्रमा थप सहयोगका लागि मार्ग प्रशस्त गरेको जनाएको छ । जसमा इजिप्टलाई एलएनजीको दीर्घकालीन आपूर्ति समावेश छ । कतार इनर्जीले एलएनजीका खेपहरू इजिप्टका सोख्ना र डामिएटा बन्दरगाहमा पु¥याउने इजिप्टको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार यो समझदारी आपूर्ति संयन्त्रको विविधीकरण गर्ने र आन्तरिक आवश्यकताहरू सुनिश्चित गर्ने राष्ट्रिय रणनीति अनुरुप रहेको छ । हाल इजिप्टका ६ वटा भूमध्यसागरीय तटीय ब्लकहरूमा सञ्चालित कतार इनर्जीले आगामी पाँच वर्षमा इजिप्टमा नयाँ लगानी गर्ने र प्रमुख अन्तर्राष्ट्रिय ऊर्जा कम्पनीहरूसँगको सहकार्यमा विभिन्न अन्वेषणात्मक इनारहरू खन्ने योजना बनाएको मन्त्रालयले थपेको छ । हालैका वर्षहरूमा इजिप्टले बढ्दो आन्तरिक माग पूरा गर्न आफ्नो तेल र ग्यास उत्पादन बढाउनुका साथै आयात स्रोतहरूको विविधीकरण गर्न खोजिरहेको छ ।
गत वर्षको अगस्टमा इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबोलीले इजिप्टको प्राकृतिक ग्यास उत्पादन दैनिक ४।१ अर्ब घनफिट रहेको र सन् २०२७ सम्ममा यो बढेर दैनिक ६।६ अर्ब घनफिट पुग्ने अपेक्षा गरिएको बताएका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE