मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

नेपालले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । काठमाण्डौमा हिजो भएको कार्यक्रममा नयाँ जर्सी सार्वजनिक गरिएको हो ।

महिला टोलीले आउँदो हप्तादेखि शुरू हुने महिला टि–२० विश्वकप छनोट र पुरुष टोलीले अर्को महिना भारतमा शुरू हुने विश्वकपमा नयाँ जर्सी लगाएर खेल्नेछ । खेलाडीको जर्सीलाई ३ हजार ३ सय ९९, कपीवाला जर्सीको १ हजार ५ सय ९९ र फ्यानका लागि जर्सीको मूल्य ७ सय ९९ रुपैयाँ तोकिएको छ ।

यसैबीच आईसीसी टी–२० विश्वकप सन् २०२६ को ‘ट्रफी’ नेपाल आइपुगेको छ । ‘ट्रफी टुर’ कार्यक्रम अन्तर्गत आज पोखरामा ट्रफीको फोटोशूट, वसन्तपुर क्षेत्रमा ट्रफी प्रदर्शनी तथा भोलि बौद्धनाथ स्तूप परिसरमा ट्रफी प्रदर्शन गर्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ । टी–२० विश्वकपको ट्रफी नेपालमा पहिलो पटक ल्याइएको हो ।

नेपालमा यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी ल्याइएको थियो । टी–२० विश्वकपको १०औं संस्करण आउँदो फेब्रुअरी ७ तारिखदेखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ ।

नेपालसहित २० वटा टोली सहभागी प्रतियोगिताको फाइनल खेल मार्च ८ तारिखमा हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x