बुधबार, पुस २३, २०८२
Wednesday, January 7, 2026

काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले पाए सफाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको भनी अख्तियार दुरुपयोग आयोगले दायर गरेको मुद्दामा सहसचिव प्रदीप परियारले सफाइ पाएका छन् ।

न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले संक्षिप्त फैसला गर्दै परियारमाथिको भ्रष्टाचार हानिनोक्सानी मुद्दामा सफाइ दिएको हो ।

अदालतले बोलपत्र स्वीकृत गरेको कार्यलाई बदनियत मान्न सकिने आधार नदेखिएको स्पष्ट पारेको छ ।

आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

परियारसँगै बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालमाथि मुद्दा दायर भएको थियो ।

विशेष अदालतले सातै जनामाथिको आरोपदाबी पुष्टि हुन नसकेको हुँदा सफाइ पाउने ठहर गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x