रवि र बालेनलक्षित ओलीको टिप्पणी- अब २० वर्ष चुनाव जित्ने वाला छैनन्
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावको वातावरण बनाउन माग गरेका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरकार आफ्नो दायराभन्दा बाहिर गएर काम गरिरहेको आरोप लगाए ।
अहिले चुनाव हुनसक्ने अवस्था नरहेको भन्दै संसद् पुनस्र्थापनाको विकल्प नभएको उनको भनाइ छ । उनले सेना परिचालन गर्दैमा शान्तिपूर्ण चुनाव हुन्छ भन्ने नरहेको बताए ।सरकारले चुनाव गराए आफूहरू सहभागी हुने र जित्ने दाबी गरे ।
रवि लामिछानेले नेतृत्वको रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको काठमाडौंका मेयर बालेन शाहलालाई लक्षित गर्दै अध्यक्ष ओलीले आउने २० वर्ष चुनाव जित्न नसक्ने बताए । रास्वपाले प्रधानमन्त्रीका रुपमा अघि सारेका साहले राम्रो काम गर्न नसकेको बताउदै उन्मादमा नशामा देश नबन्ने उल्लेख गरे ।
अध्यक्ष ओलीले सरकारले चुनावको वातावरण बनाउन छाडेर हेटौँडामा घर भत्काउन लागेको भन्दै आपत्ति जनाए ।
वर्तमान सरकार डेमोक्रेसी, संविधान, हेटौँडाका घर, सुकुम्वासीको बस्तीसहित भत्काउनेबाहेक कुनै बनाउने काम नगरेको उनको भनाइ छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE