मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

अमेरिका–भेनेजुएला तनावबारे नेपाल सरकारको धारणा सार्वजनिक

काठमाडौं । नेपालको परराष्ट्र मन्त्रालयले भेनेजुएलामा हालैका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको बताउँदै अधिकतम संयमता अपनाउन आग्रह गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टी र सम्बद्ध संगठनहरुले अमेरिकी कदमको निन्दा गरिरहेका बेला नेपालको परराष्ट्र मन्त्रालयले तनावलाई अझ बढाउने कार्यबाट बच्न आग्रह गरेको हो ।

विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपाल संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने विषयलाई महत्व दिने राष्ट्र रहेको उल्लेख गरेको छ ।

नेपालले संवाद, कूटनीति र आपसी समझदारीको माध्यमबाट विवादहरू शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्नेमा जोड दिने मन्त्रालयले उल्लेख गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x