शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा

काठमाडौं ।      रियल म्याड्रिड एट्लेटिको म्याड्रिडलाई २–१ गोल अन्तरले हराउँदै स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ ।

साउदी अरेबियाको जेद्दाहमा भएको खेलको ७७ सेकेन्डमै रियलले अग्रता लियो । कप्तान भाल्भेर्देले झन्डै ३० यार्ड गोल गरे । ५५औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । ५८औं मिनेटमा एट्लेटिकोका लागि अलेक्जान्डर सोर्लोथले हेडरमार्फत एक गोल फर्काएका थिए ।

टोलीले त्यसपछि बराबरी गर्न सकेन । अब पर्सि आइतवार हुने फाइनलमा रियल म्याडिटले बार्सिलोनासँग खेल्नेछ । यसअघि अस्ति बुधवार बार्सिलोनाले अर्को सेमिफाइनलमा एथ्लेटिक क्लबलाई ५–० गोलले हराउँदै फाइनल पुगेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x