मङ्लबार, माघ १४, २०८२
Tuesday, January 27, 2026

आगलागीका घटना बढ्दै, सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अस्ति र हिजो देशभर भएका १९ वटा विपद् सम्बन्धी घटनामध्ये १५ वटा आगलागीका रहेका छन् ।

ती घटनामा परेर कूल ४८ जना घाइते भएका छन् भने १ जनाको ज्यान गएको छ । विपद्का कारण झन्डै १० लाख १२ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सुनसरी, सिरहा, सर्लाही तथा रौतहटका दुई ठाउँमा आगलागीका घटना भएका छन् । यस्तै बारा, कैलाली, कञ्चनपुर, अछाम र डडेल्धुरामा पनि आगलागी भएको छ ।

सोलुखुम्बु, ओखलढुङ्गा, म्याग्दी, रुकुम पूर्व र कालीकोटमा वन क्षेत्रमा डढेलो लागेको छ । हिउँदयाममा विभिन्न कारणले आगलागीका घटना बढेको प्राधिकरणले जनाएको छ । विद्युत् सर्ट हुनु, परालको कुन्यूमा असावधानीवश आगो लाग्नु तथा गोठमा सामान्य सावधानी नअपनाई आगो बाल्दा क्षति भएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले आगो बाल्दा विशेष सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x