३० आश्विन २०८३, शुक्रबार

खेलकुदमन्त्री गुप्ता अमेरिका नजाने

0
Shares


काठमाडौं । चौतर्फी आलोचना भएपछि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन्।

नक्कली निमन्त्रणामा अमेरिका उड्न लागेको भन्दै विरोध भएपछि मन्त्री गुप्ताले शुक्रबार आफू नजाने निर्णय गरेको प्रमुख स्वकीय सचिव विनोद रिमालले जानकारी दिएका हुन् ।

मन्त्री गुप्ताले भिसाका लागि आवेदन समेत नदिएको सचिवालयले बताएको छ ।

मन्त्रिपरिषद्को गत २१ पुसमा बसेको बैठकले मन्त्री गुप्तालाई ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ कार्यक्रममा सहभागी हुन अमेरिका जान स्वीकृति दिएको थियो । विकास उप्रेती अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्न लागेको उक्त कार्यक्रममा सहभागी हुन स्वीकृति पाएपछि विरोध सुरु भएको थियो ।

यसैबीच मन्त्री गुप्ताले अनावश्यक रुपमा विवादको विषय बनाइएको बताएका छन् । आफूले भिसा प्रोसेस नै नगरी मिडिया र सामाजिक सञ्जालमा विभिन्न आरोप लगाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।