मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला

काठमाडौं । चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ ।

२०८१ असारमा सिमलताल पहिरोले बगाउँदा त्रिशुलीमा खसेका दुई बस मध्ये बालुवामा पुरिएको अस्थामा एउटा भेटिएको हो ।

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा २०८१ असार २८ गते शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका हुन् ।

उक्त दुर्घटनामा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

चितवन प्रहरीले अहिले घटनास्थलमा गइरहेको बताएको छ। उक्त दुर्घटनामा बसमा सवार ३५ यात्रु अझैसम्म हराइरहेका छन्। दुई वटा बसमा ६५ यात्रु सवार थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x