एन्फाद्वारा सन् २०२६ का लागि डेढ अर्ब रुपैयाँभन्दा बढीको वार्षिक बजेट पारित
काठमाडौं । अखिल नेपाल फुटबल संघले सन् २०२६ का लागि डेढ अर्ब रुपैयाँभन्दा बढीको वार्षिक बजेट पारित गरेको छ ।
बुधबार बसेको एन्फाको कार्यसमिति बैठकले सन् २०२६ का निम्ति एक अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ बजेट पारित गरेको हो ।
अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको बैठकले दुईवटा निर्णय गरेको छ ।
जसमा आर्थिक वर्ष २०८१–८२ को लेखा परीक्षण पारित गर्ने निर्णय रहेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE