मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जना श्रमिकको मृत्यु, ४ जना घाइते

काठमाडौं । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जना श्रमिकको ज्यान गएको छ । ४ जना सामान्य घाइते भएका छन् ।

विराटनगरबाट राजविराजतर्फ मार्वल र टायल लिएर जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा पछाडि बसेका ५ जना श्रमिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बिहान साढे ५ बजे सोनियाही सडकको घुम्तीमा ट्रक पल्टिएको हो । ज्यान गुमाउनेहरू सबै सुनसरीको बर्जु गाउँपालिका–१ का बासिन्दा हुन् । प्रहरीका अनुसार दुर्घटनामा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङको ज्यान गएको छ ।
घाइतेहरूको विराटनगरमा रहेको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x