मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

देशभरको मौसम मुख्यतया सफा

काठमाडौं । अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान तराई क्षेत्रमा हुस्सु, कुहिरो लागेको छ । हुस्सु कुहिरो लागेको ठाउँमा दिउँसोपछि घाम लाग्ने महाशाखाले जनाएको छ । हिजोको तुलनामा काठमाण्डौको तापक्रम थोरै बढेको छ । आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस थियो । आज काठमाण्डौको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । तापक्रम क्रमिक बढ्दै गएकाले चिसोको प्रभाव पनि क्रमशः कम हुँदै गएको छ ।

दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने छ भने राति कर्णाली र सुदूरपश्चिममा आंशिक बदली हुने महाशाखाले जनाएको छ । तराईमा हुस्सुका कारण बिहान जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x