शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

राष्ट्रिय लिग फुटबलमा आज मछिन्द्र क्लब र न्युरोड टिम भिड्दै

काठमाडौं ।      राष्ट्रिय लिग फुटबलमा आज मछिन्द्र क्लब र न्युरोड टिम खेल्दैछन् । खेल बेलुकी ७ बजे दशरत रंगशालामा हुनेछ ।

यसअघि हिजो सातदोबाटो र सङ्कटाले बराबरी खेल्दा, लालीगुराँसले जावलाखेललाई हरायो । जीतपछि लालीगुराँसले ३ अङ्क जोडेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हिजोदेखि शुरू भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरी १७ वटा टोली सहभागी छन् ।

सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् । राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x