सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगमले आज १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको जनाएको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ ।

निगमले तय गरेको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर रु. एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु. एक सय ३६ रुपैयाँ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार निगम सञ्चालक समितिले नयाँ मूल्य सूची निर्धारण गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x