शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सातवटै प्रदेशबाट गर्ने

काठमाडौं ।   नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सातवटै प्रदेशबाट गर्ने भएको छ ।

काउन्सिलका रजिष्ट्रार डा सतिसकुमार देवले चिकित्सकलाई काठमाडौं आउनुपर्ने झन्झट अन्त्य गर्न अबदेखि सातवटै प्रदेशबाट चिकित्सकको दर्ता प्रमाणपत्र परीक्षा गर्ने निर्णय गरिएको जानकारी दिए । यसअघि चिकित्सकलाई चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि काठमाडौं आउनुपर्ने बाध्यता थियो ।

रजिष्ट्रार डा देवले सातवटै प्रदेशमा परीक्षा केन्द्र राख्ने स्थानको विषयमा अझै निर्णय नभएको बताए । उनले सातवटै प्रदेशबाट परीक्षाको व्यवस्था गरे परीक्षार्थीलाई यात्रा र समयको बचत हुनेमात्र नभई परीक्षा प्रक्रियाको पारदर्शिता र गुणस्तर पनि बढ्ने बताए ।

काउन्सिलले अबदेखि काउन्सिलको निर्वाचन पनि अनलाइनमार्फत गर्ने निर्णय गरेको छ । उनले सबै चिकित्सकको सहभागिता गराउन र निर्वाचन प्रक्रियालाई पारदर्शी, सहज र प्रविधिमैत्री बनाउने अनलाइनबाट मतदान गर्ने निर्णय गरिएको बताए ।

चिकित्सक भएको स्थानबाटै अनलाइन मतदान गर्ने र सधैँ बिरामीको उपचारमा खट्ने चिकित्सकलाई अनलाइन मतदान गर्दा निर्वाचनमा पनि धेरै चिकित्सकले सहभागिता जनाउने उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x