३० आश्विन २०८३, शुक्रबार

गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

0
Shares


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् ।

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार मनोनयन गर्ने दिन भएकाले अध्यक्ष ओली केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा पाँच बाट उम्मेदवार बन्दैछन् ।

ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने पक्का भइसकेको छ ।

बालेन पनि आजै झापा जाँदैछन् ।