शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

यस वर्षको एसइई चैत १९ गतेदेखि २९ गतेसम्म

काठमाडौं ।   राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को अन्तिम परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा ९एसइई० चैत १९ गतेदेखि २९ गतेसम्म देशभर एकैसाथ सञ्चालन गर्ने भएको छ । बोर्डले हिजो एसइईको तालिका सार्वजनिक गर्दै आउँदो चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुनेगरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

गएको वर्षको एसइई चैत ७ गतेदेखि सञ्चालन भएको थियो भने यस वर्ष आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावका कारण यस वर्षको परीक्षा विगत वर्षभन्दा झन्डै १२ दिन पर सारिएको बोर्डले जानकारी दिएको छ ।

बोर्डको तालिका अनुसार पहिलो दिन १९ गते अनिवार्य अङ्ग्रेजी, २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान, २४ गते सामाजिक, २५ गते ऐच्छिक प्रथम पत्रका विषय र २६ गते ऐच्छिक द्वितीय विषयका परीक्षा हुनेछन् । चैत २७, २८ र २९ गते भने प्राविधिक धार तर्फका पुराना र नयाँ पाठ्यक्रमको परीक्षा हुने बोर्डअन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।

जनक शिक्षा सामग्री केन्द्रले आउँदो फागुन २१ गतेको निर्वाचनको लागि आवश्यक मतपत्र छपाइको काम गरिरहेको र एसइईको प्रश्नपत्र छाप्ने कार्य पनि जनकशिक्षाबाटै हुने भएकाले पनि परीक्षाको मिति केही दिनलाई सार्नु परेको बोर्डले जानकारी दिएको छ ।

एसइईका लागि यस वर्ष पाँच लाख १७ हजार विद्यार्थीले आवेदन भरेक थिए । गएको वर्ष परीक्षामा नियमिततर्फ ४ लाख २१ हजार ५ सय ८५ र ग्रेड वृद्धितर्फ ७५ हजार ५ सय ३९ जना विद्यार्थी सहभागी भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x