बिहिबार, माघ ९, २०८२
Thursday, January 22, 2026

निजी हातहतियार बुझाउन स्याङ्जा प्रशासनको आग्रह

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुमति लिएर राखिएका निजी हातहतियार बुझाउन आग्रह गरेको छ ।

निर्वाचन शान्त, निष्पक्ष र स्वच्छ रूपमा सम्पन्न गराउने उद्देश्यले स्थानीय प्रशासनबाट अनुमति प्राप्त सबै किसिमका हातहतियार तथा खरखजाना माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय स्याङ्जा, नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाईमा बुझाउनुपर्ने प्रशासनले जनाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार निर्वाचनको समयमा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न यो निर्णय गरिएको हो । उनले शान्त वातावरणमा निर्वाचन सम्पन्न गराउनु राज्यको जिम्मेवारी भएको उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

प्रशासनले तोकिएको समयभित्र बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने स्पष्ट पारेको छ । बुझाउने र फिर्ता लिने प्रक्रिया प्रचलित कानुन र मापदण्डअनुसार नै हुने जनाइएको छ ।जिल्ला प्रशासन कार्यालयले समयमै हातहतियार नबुझाएमा वा निर्देशनको अवज्ञा गरेमा कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिएको छ । साथै निर्वाचनलाई भयमुक्त र सुरक्षित बनाउन नागरिक, राजनीतिक दल तथा सरोकारवाला सबैलाई जिम्मेवार भूमिका खेल्न आग्रह गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x