सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

चीनसँग व्यापार सम्झौता गरे क्यानडालाई एक सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा सरकारले चीनसँग व्यापार सम्झौता गरेमा क्यानेडाली सामानहरूमा एक सय प्रतिशतसम्म कर लगाउने चेतावनी दिएका छन् । तर ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा कुन सम्झौताकोबारे टिप्पणी गरेको भन्ने स्पष्ट नभएको बीबीसीले उल्लेख गरेको छ ।

गएको हप्ता क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग रणनीतिक साझेदारी घोषणा गरेका छन्, भने शुल्क घटाउन सहमत भएका थिए । त्यतिबेला ट्रम्पले यो कदमलाई सकारात्मक रूपमा लिएका थिए । तर कार्नीले डाभोसमा एक भाषणमा अमेरिकाको नेतृत्वमा रहेको विश्व व्यवस्था ध्वस्त भएको बताएपछि पछिल्ला दिनमा अमेरिका र क्यानडाबीच फेरि तनाव बढेको छ ।

कार्नीले अन्य मध्यम शक्तिहरूलाई पनि ठूला शक्तिहरूद्वारा आर्थिक जबरजस्तीको सामना गर्न एकताबद्ध हुन आग्रह गरेका थिए । ट्रम्पले त्यसको भोलिपल्ट त्यो टिप्पणीको जवाफ दिँदै क्यानाडा अमेरिकाको कारणले बाँचिरहेको बताएका थिए । ट्रम्पले आफ्नो नयाँ शान्ति बोर्डमा सामेल हुन क्यानडालाई दिएको निमन्त्रणा पनि फिर्ता लिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x