मङ्लबार, माघ १४, २०८२
Tuesday, January 27, 2026

खराब फिल्डिङसँगै साझेदारी पनि राम्रो गर्न सकेनौंः सीता रानामगर

काठमाडौं। नेपालकी सीता रानामगरले खराब फिल्डिङ र ब्याटिङमा साझेदारी बन्न नसक्दा आइसिसी महिला टी विश्वकप ग्लोबल छनोटमा स्कटल्यान्डसँग फराकिलो हार सामना गर्नु परेको बताएकी छन् ।

कीर्तिपुरमा भएको खेलमा नेपाल सोमवार स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएपछि विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल भयो । यससँगै नेपालकी अनुभवी खेलाडी सीताले फिल्डिङमा लगातार गल्ती गर्दा स्कटल्यान्डलाई सामान्य योगफलमा रोक्न असफल भएको बताइन् । यो पिचमा १२० रनको लक्ष्य धेरै कम रहेको उल्लेख गर्दै कम योगफलमा रोक्ने देखिए पनि फिल्डिङमा गल्ती भएको उनको भनाइ छ । फिल्डरले नै लगातार ३र४ वटा चौका रोक्न असफल भएको उनले उल्लेख गरिन् । पूजा महतो आउट भएपछि नै कप्तान इन्दु बर्मा घाइते हुनु र आफ्नो विकेट पनि पतन हुँदा खेलले टर्निङ पोइन्ट बनेको उनी बताउँछन् ।

पूजा र इन्दु बाहिरिएपछि आफूहरूले इनिङ समाल्न नसकेको उनको भनाइ छ । सिनियर खेलाडीले साझेदारी बनाउन नसकेको सीताको भनाइ छ । सीताले लक्ष्य ठूलो भएपछि छिटै चेज गर्ने उद्देश्य रहेकाले पनि दबाब भएको बताइन् । सुपर सिक्समा पुग्न नसके पनि समग्रमा छनोट राम्रो बनेको उनको भनाइ छ । जिम्बाब्वे जस्तो टिमलाई हराउनु पनि सुखद पक्ष रहेको उनी बताउँछिन् । यो टिमसँग अभैm आफ्नो करियर अगाढि बढ्ने सीताको विश्वास छ । छनोटका लागि नेपाली टोलीको मुख्य प्रशिक्षक हर्षल पाठक पनि ढिलो आउँदा तयारी अभैm राम्रो हुन नसकेको उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x