बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

हिमपातले अवरुद्ध भएको नाग्म-गमगढी सडक सञ्चालन

काठमाडौं ।     हिमपातका कारण अवरुद्ध भएको नाग्म(गमगढी सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय जुम्लाले डोजर प्रयोग गरेर हिउँ पन्छाएसँगै सडक सञ्चालनमा आएको हो ।

बाक्लो हिमपात भएर सडकमा हिउँ जमेपछि सवारीसाधन चल्न नसक्ने अवस्था भएको थियो । सडक अवरुद्ध भएलगत्तै सडक डिभिजनले हिउँ पन्छाउने उपकरण र जनशक्ति परिचालन गरी बाटो खुलाउने काम गरेको थियो ।

माघ ११ गतेदेखि नै सडक आंशिक रूपमा सञ्चालनमा आएको थियो भने सडकमा जमेको बाँकी हिउँ समेत पूर्ण रूपमा हटाएपछि यातायातका साधनहरू पूर्ण रूपमा चल्न थालेका छन् ।

सडक पूर्ण रूपमा सञ्चालनमा आएसँगै बीच बाटोमा अलपत्र परेका यात्रु र मालवाहक सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लागेको सडक डिभिजन जुम्लाले जनाएको हो।

साथै सडक डिभिजन जुम्लाले सडक खुले पनि चिसो र हिउँका कारण सडक चिप्लो हुने भएकोले आवश्यक सावधानी अपनाउन अनुरोध समेत गरेको छ ।

जुम्लामा यही माघ १० गते राति हिमपात भएको थियो । त्यसयता सडक अवरुद्ध भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x