विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
काठमाडौं । भारत महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ ।
महाराष्ट्रको बारामतीमा बुधबार बिहान निजी चार्टर्ड विमान दुर्घटना हुँदा उपमुख्यमन्त्री अजित पवारको निधन भएको हो । उनी ६६ वर्षका थिए । बुधबार विहान ८ः४५ बजे बारामतीमा उनको विमान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । विमानमा अजित पवारका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकासहित पाँच जनाको मृत्यु भएको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार, पवारले चार्टर्ड विमानबाट मुम्बईबाट बारामती यात्रा गरेका थिए । अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लिएको थियो । नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ । केही समय अघि मात्र छ जनाको मृत्यु भएको रिपोर्ट आएको थियो । अजित पवार महाराष्ट्र पञ्चायत चुनावको लागि चार ¥यालीहरूलाई सम्बोधन गर्न बारामती जाँदै थिए । शरद पवार र सुप्रिया सुले भने दिल्लीमा थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE