शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

आसन्न निर्वाचनमा राष्ट्रको अस्तित्व जोगाउन सबै शक्तिहरु एकढिक्का हुनुपर्छः चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनमा भ्रम छर्नेहरुबाट सचेत रहन आम मतदातालाई आह्वान गरेका छन्।
नयाँका नाममा नक्कली कुरा गर्ने र जनतामा भ्रम छर्नेहरु पनि निर्वाचनको मुखमा देखिएको उल्लेख गर्दै उनले उनीहरुबाट सचेत भएर मतदान गर्न आम मतदातालाई आग्रह गरेका हुन। बुधवार बुटवलमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले मुलुकको अस्तित्व जोगाउने कुरामा सबैलाई एकतावद्ध हुन पनि सचेत गराए । उनले विगतमा पनि भ्रम छर्ने र चोटिका कुरा गर्नेहरुलाई सांसद बनाएको उल्लेख गर्दै आगामी निर्वाचनमा उनीहरुले जिताउने गल्ती मतदाताहरुले गर्न नहुने बताए ।

अध्यक्ष केसीले भने ,‘सबै देशभक्त, जनतान्त्रिक शक्तिहरुले, पत्रकारहरुले जनतालाई यथार्थ बताउनु गर्नुपर्दछ । अहिले राष्ट्र कुन मोडमा उभिएको छ रु त्यो कुरामा नेपाली जनतालाई अहिले सजग गराउनु पर्दछ । सचेत गराउनु पर्दछ । नयाँ नयाँ रुपमा नयाँ नयाँ कुराहरु गरेर विभिन्न खालका मान्छेहरु अहिले नेपाली जनतालाई भ्रममा पार्न जो आइरहेका छन । त्यसमा दृढतापूर्वक जनतालाई सजग गराउनु पर्दछ । र राष्ट्रको अस्तित्व जोगाउने कुरामा हामी सबै एक ढिक्का हुनुपर्दछ । र नेपाली जनतालाई पनि म यहीबाट आह्वान गर्दछु–विगतमा हामीले गल्ती कमजोरी गर्नेलाई पनि सांसद बनायौं । त्यसमा ती नेताहरु मात्रै जिम्मेवार छैनन मतदाताहरु पनि जिम्मेवार छन । अव पहिलेजस्तो लहलहैमा लागेर जसले उक्साउँछ, चोटिला कुरा गर्छ । जसले कृतिम कुरा गर्छ । जसले नक्कली कुरा गर्छ । उनीहरुलाई भोट हाल्ने काम नगरौ ।’

अध्यक्ष केसीले वर्तमान सरकार गैरसरकार संस्थाहरुले बनाएको जिकिर गर्दै उनीहरुबाट देशको हितमा काम हुने अपेक्षा गर्न नसकिने बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x