मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

दक्षिण अफ्रिकाले वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला एक खेलअघि नै जित्यो

काठमाडौं । वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला घरेलु टोली दक्षिण अफ्रिकाले एक खेलअघि नै जितेको छ । सेन्चुरियनमा हिजो भएको दोस्रो टी–२० मा वेस्ट इन्डिजलाई ७ विकेटले हराएसँगै दक्षिण अफ्रिकाले शृङ्खला जितेको हो ।

वेस्ट इन्डिजले दिएको २ सय २२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले १ सय १५ रन, रायन रिकेल्टनले नटआउट ७७ रन बनाए । वेस्ट इन्डिजका अकेल होसेनले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर २ सय २१ रन बनाए । वेस्ट इन्डिजका सिमरन हेटमायरले ७५, शेरफेन रदरफोर्डले नटआउट ५७ रन बनाए । दक्षिण अफ्रिकाका केशव महाराजले २ विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ९ विकेटले हराएको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x