३० आश्विन २०८३, शुक्रबार

मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना

0
Shares


काठमाडौं । मुग्लिन–नारायणघाट सडक खण्डमा बस दुर्घटना हुँदा कम्तिमा ३५ जना घाइते भएका छन्।

नारायणघाट – मुग्लिन सडक खण्डमा बस दुर्घटना भएको छ । दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस शुक्रबार बिहान चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेस्थित दुर्घटना भएको हो ।

दुर्घटनामा ३५ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरूको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

घाइतेहरूको अवस्था सामान्य छ । बस अनियन्त्रित भएर आफैं सडकमा पल्टिएको थियो।

चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।