शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना

काठमाडौं । मुग्लिन–नारायणघाट सडक खण्डमा बस दुर्घटना हुँदा कम्तिमा ३५ जना घाइते भएका छन्।

नारायणघाट – मुग्लिन सडक खण्डमा बस दुर्घटना भएको छ । दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस शुक्रबार बिहान चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेस्थित दुर्घटना भएको हो ।

दुर्घटनामा ३५ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरूको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

घाइतेहरूको अवस्था सामान्य छ । बस अनियन्त्रित भएर आफैं सडकमा पल्टिएको थियो।

चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x