झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि फागुन ४ गतेसम्म हुने
काठमाडौं । झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ देखि फागुन ४ गतेसम्म हुने भएको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिताको सातौँ संस्करणमा पुरस्कार रकम वृद्धि गरीएको छ । उपाधि जित्नेले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी १० टोलीको सहभागिता रहनेछ । नेपालबाट आयोजक झापा–११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभूवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी र लालीगुराँस एसोसिएसन नेपाल पोखरा सहभागी हुनेछन् ।
त्यस्तै प्रतियोगितामा अन्तर्राष्ट्रिय टोलीमा रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ एफसी (मलेसिया) रहनेछन् । प्रतियोगितामा १ करोड ५० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगितामा पुराना फुटबल खेलाडी र रङ्गशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई सम्मान तथा सहयोग प्रदान गरिने भएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE