मङ्लबार, माघ २१, २०८२
Tuesday, February 3, 2026

रुसी ड्रोन आक्रमणमा युक्रेनमा १५ जना खानी मजदुरको मृत्यु

काठमाडौं । पूर्वी युक्रेनमा रुसी ड्रोन आक्रमणमा परी १५ जना खानी मजदुरको ज्यान गएको छ । युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डिटेकले काम सकेर फर्किरहेका मजदुरहरू चढेको बसलाई लक्षित गरी आक्रमण भएको जनाएको छ ।

आक्रमणमा कम्तीमा सात जना घाइते भएका बीबीसीले जनाएको छ । यस्तै, एक प्रसूति अस्पतालमा ड्रोन आक्रमण हुँदा सुत्केरी महिलासहित ६ जना घाइते भएका छन् । अस्पतालका झ्यालहरू फुटेका छन् भने भवनभित्र आगलागीसमेत भएको थियो ।

घटनापछि बिरामीहरूलाई सुरक्षित ठाउँमा सारिएको र यस आक्रमणमा अहिलेसम्म कसैको ज्यान नगएको खबरमा उल्लेख छ । युक्रेनी अधिकारीहरूले यी आक्रमणलाई नागरिकविरुद्ध लक्षित युद्धको संज्ञा दिएका छन् ।

युक्रेनका विदेशमन्त्री आन्द्रेई सिबिहाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति प्रयासविपरीत नागरिकमाथि युद्ध जारी राखेको आरोप लगाएका छन् । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस, युक्रेन र अमेरिकाबीच हुने त्रिपक्षीय शान्ति वार्ता आगामी बुधवार अबुधाबीमा शुरू हुने बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x