मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

इरान जाने योजना स्थगित गर्न परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौं ।     परराष्ट्र मन्त्रालयले अमेरिका र इरानबीच बढ्दो तनावलाई मध्यनजर गर्दै स्थिति सामान्य नहुँदासम्म इरान जाने योजना स्थगित गर्न आग्रह गरेको छ ।
मन्त्रालयले सूचना निकालेर इरानमा बसोबास गर्ने वा रोजगारीमा रहेका नेपाली नागरिकलाई यथाशीघ्र सुरक्षित रूपमा देश छोड्नको लागि उपयुक्त माध्यम अपनाउन भनेको छ ।

त्यहाँ रहेका सबै नेपाली नागरिकलाई आपत्कालीन अवस्थामा सहज रूपमा बाहिरिन सक्ने गरी राहदानी, परिचयपत्र र अन्य यात्रा कागजात तयारी अवस्थामा राख्न मन्त्रालयको आग्रह छ ।

समन्वय र आवश्यक सहयोगका लागि परराष्ट्र मन्त्रालय, काठमाण्डौ वा कतारको दोहामा रहेको नेपाली दूतावाससँग सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ । यसअघि मन्त्रालयले गएको पुस १३ गते पनि इरानसम्बन्धी यात्रा चेतावनी (ट्राभल एडभाइजरी) जारी गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x