सातौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक
काठमाडौं । सातौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा गोल्डकपले हिजो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको खेल तालिका अनुसार माघ २४ गतेदेखि हुने उद्घाटन खेलमा आयोजक टोली झापा–११ फुटबल क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् ।
बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुने अध्यक्ष केदार गिरीले बताए । प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिए ।
यस्तै हरेक खेलको प्लेयर अफ द म्याचले नगद २५ हजार रुपैयाँ पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल पाउनेछ भने उत्कृष्ट गोलकिपर, प्रशिक्षक र उच्च गोलकर्ताले नगद ३५ लाख रुपैयाँ पाउनेछ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE