मङ्लबार, माघ २१, २०८२
Tuesday, February 3, 2026

यातायात क्षेत्रका गुनासो समाधान गर्न समन्वय समिति गठन गर्ने

काठमाडौं। सरकारले यातायात क्षेत्रमा देखिएका समस्या तथा नागरिकबाट आएका गुनासो सम्बोधन गर्न समन्वय समिति गठन गर्ने भएको छ ।

मंगलवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक एसएसपी नवराज अधिकारी, यातायात व्यवस्था विभाग र मन्त्रालयका सचिव केशवकुमार शर्माबीच भएको छलफलपछि समिति गठन गर्ने निर्णय गरिएको हो । छलफलमा यातायातसँग सम्बन्धित ट्राफिक सिग्नल, सडक किनारका संकेत चिन्ह, ट्राफिक व्यवस्थापनमा देखिएको समस्या लगायतका विषयमा छलफल भएको थियो । यातयात क्षेत्रमा बारम्बार जनगुनासो आउने गरेकोले यसको व्यवस्थापनका लागी समन्वय समिति गठन गर्ने निर्णया गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चौलागाईंले जानकारी दिए । यातयात क्षेत्रको व्यवस्थापनका धेरै विषय भएकोले एकल निकायबाट मात्र समाधान गर्न नसकिने उल्लेख गर्नु उनले बहुपक्षीय समन्वय आवश्यक रहेको बताए । उनले विभिन्न निकायबीच समन्वयको कमीका कारण समस्या जटिल बन्दै गएको उल्लेख गरे । मन्त्री चौलागाईंले समन्वय समिति तत्कालै गठन गर्ने बताए । उनकाअनुसार समितिले नियमित बैठकमार्फत जनगुनासोहरू तत्काल समाधान गर्नेछ ।

उनले भने, ‘हामीले यातयातसंग सम्बन्धित, ट्राफिक सिग्नल, रोड साईड सिम्बोलहरुसंग जोडिएका यावत समस्याहरुका बारेमा वारम्बार जनगुनासाहरु फेस गरिरहेका छौँ । त्यसलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर बैठक गरेका थियौँ । हामीले छलफल र गुनासोबाट के थाहा पायौँ भने विभिन्न पक्षहरुबीच समन्वयको अभाव हुने रहेछ । धेरै यातायात व्यवस्थाहरुमा कुनै एउटा निश्चित संस्था या विभाग या शाखाले मात्रै त्यसलाई सम्पूर्ण रुपमा संचालन गर्न, सहजीकरण गर्न सक्दैन । त्यसलाई बहुपक्षिय समन्वय र सहयोग चाहिन्छ । त्यसको लागी अहिलेसम्म नभएको तर हामीले एउटा समन्वय समति गठन गर्ने निर्णय गरेका छौँ । त्यसले निरन्तर रुपमा बैठक गरेर आएका गुनासाहरु तत्कालै समाधान गर्नेछ । हामी तत्कालै त्यो समिति गठन गरेर त्यसमा अगाडी बढ्छौ । ट्राफिक प्रहरीको तर्फबाट पनि सचेतना र सहजीकरणको लागी वर्कसप गर्ने कुरा गर्नुभएको छ, त्यसमा पनि हामी सहभागीता जनाउँछौँ । त्यो संगै केही नितिगत सुधारको लागी पनि पहल गर्ने बैठकमा कुरा अगाडी बढाएका छौँ ।’

उनले ट्राफिक प्रहरीले पनि सचेतना अभिवृद्धि र सहजीकरणका लागि सक्रिय भुमिका खेल्ने प्रतिवद्धता जनाएको बताए । बैठकमा केही नीतिगत सुधारका विषयमा पनि छलफल अघि बढाइएको उनले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x