मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता हुने

काठमाडौं । इरानले भोलि ओमानमा अमेरिकासँग आणविक वार्ता गर्ने इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानको तस्निम समाचार एजेन्सीका अनुसार इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्ता भोलि ओमानको मस्कटमा हुने र वार्ता आणविक मुद्दा र इरानमाथिको प्रतिबन्ध फुकुवामा मात्र सीमित हुनेछ ।

इरानी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अराघचीले गर्ने र इरानी प्रतिनिधिमण्डलमा वरिष्ठ कूटनीतिज्ञहरू माजिद तख्त–भाभान्ची र काजिम घारिबादी पनि रहने खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि वार्तामा सहभागी हुन सक्ने अमेरिकी कूटनीतिज्ञ स्टिभ विटकोफले बताए।

तेहरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम वा प्रतिरक्षा क्षमतासम्बन्धी वार्तालाई अस्वीकार गर्दै वार्ता आणविक मुद्दामा मात्र केन्द्रित हुनुपर्ने कुरामा बारम्बार जोड दिँदै आएको छ । अराघची र विटकोफले गएको वर्ष इरान र अमेरिकाबीच पाँच चरणको आणविक वार्ताको नेतृत्व गर्नुभएको थियो र त्यसपछि इजरायलले छैटौँ चरणको योजनाअघि एक्कासी १२ दिनसम्म बमबारी गरेपछि वार्ता अवरुद्ध भएको थियो ।

तेहरान र वासिङ्टनबीच बढ्दो तनावको बीचमा भोलि वार्ता हुन लागेको हो । अमेरिकाले हालैका दिनहरूमा इरानको सरकारविरोधी प्रदर्शनको दमनपछि मध्य पूर्वमा एक युद्धपोत समूह तैनाथ गरेको छ । तेहरानले गएको महिना भएको आन्दोलनका क्रममा ३ हजारभन्दा धेरैको ज्यान गएको स्वीकार गरेको छ ।

इरानमा शान्तिपूर्ण विरोध प्रदर्शनको रूपमा शुरू भएको आन्दोलन अमेरिका र इजरायलले भड्काएपछि दङ्गामा परिणत भएको इरानी अधिकारीहरूको भनाइ छ । अमेरिकाको गैरसरकारी संस्था ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सीले आन्दोलनमा ६ हजार ८ सय ७२ प्रदर्शनकारीको ज्यान गएको पुष्टि भएको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x