शुक्रबार, माघ २४, २०८२
Friday, February 6, 2026

खाद्य सुरक्षा र पोषणमा लैङ्गिक समानताका लागि सरोकारवालाको जोड

काठमाडौँ ।खाद्य सुरक्षा तथा पोषणको सन्दर्भमा लैङ्गिक समानता र महिला तथा बालिकाहरूको सशक्तिकरणका लागि नीतिगत सुधार र व्यावहारिक कार्यान्वयनमा जोड दिन सरोकारवालाहरुले आग्रह गरेका छन् ।

शुक्रवार राजधानीमा एक विशेष छलफलका क्रममा सरोकारवालाहरुले यस्तो आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन ९एफएओ० र कमिटी अन वल्र्ड फुड सेक्युरिटी सीएफएसको सहकार्यमा आयोजित यस कार्यक्रममा लैङ्गिक आधारित भेदभाव अन्त्य गर्ने, कृषि तथा खाद्य प्रणालीमा महिलाहरूको भूमिका र पहुँच बढाउने तथा खाद्य सुरक्षा सुनिश्चित गर्ने उपायहरूबारे सहभागीहरूले व्यापक छलफल गरेका थिए ।

नेपालको कृषि क्षेत्रमा महिलाहरूको ठूलो योगदान रहे पनि स्रोत र साधनमाथिको पहुँचमा अझै ठूलो असमानता रहेको कार्यक्रममा औंल्याइएको छ । तथ्याङ्कअनुसार कृषिमा ७४ प्रतिशतभन्दा बढी महिला श्रमशक्ति संलग्न रहे तापनि जग्गा स्वामित्वमा उनीहरूको हिस्सा निकै न्युन रहेको छ । यस्तो असमानतालाई सम्बोधन गर्न नीति, कानून, कार्यक्रम तथा लगानीमा लैङ्गिक समानतालाई मुख्यधार बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x