गृह जिल्ला झापा पुगे केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन क्षेत्र झापा पुगेका छन् । शुक्रबार चन्द्रगढी विमानस्थल हुँदै अध्यक्ष ओली चुनावी जिल्ला तथा क्षेत्र झापा पुगेका हुन् ।
विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस पटक झापा पूर्ण रूपमा एमालेमय हुने विश्वास व्यक्त गरे । झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै उनले झापालाई सूर्यमय बनाउन सबै नेता–कार्यकर्ता तथा समर्थकलाई आ–आफ्नो स्थानबाट योगदान गर्न आग्रह समेत गरे ।
अध्यक्ष ओलीलाई चन्द्रगढी विमानस्थलमा नेकपा एमाले सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व सभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाललगायत पार्टीका नेता–कार्यकर्ताले स्वागत गरेका थिए । अध्यक्ष ओली अबको एक साता झापामै रहने बताइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE