मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

दन्तमञ्जनमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दन्तमञ्जन ९टुथपेष्ट० सहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न माग गरेको छ ।

संघले विज्ञप्ति निकालेर दैनिक प्रयोगमा आउने टुथपेष्टलगायत मुख तथा दन्त सरसफाइका सामग्रीसहित विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसा (लिड) को मात्रा पाइएको भन्दै कडा अनुगमनको माग गरेको हो ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सेफेड) ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देशका विभिन्न शहरमा गरेको पसलको नमूना सङ्कलन गरी परीक्षण गरिएकामा ३१ प्रतिशत सङ्कलिन नमूनामा स्वीकृत अन्तरराष्ट्रिय मापदण्डभन्दा बढी सिसा भेटिनु गम्भीर विषय रहेको सङ्घले जनाएको छ ।

दैनिक प्रयोग हुने दन्तमन्जनका ४५ प्रतिशत नमूना र बालबालिकाका लागि बजारमा उपलब्ध केही सामग्रीमा सिसा भेटिएको सङ्घले निकालेको विज्ञप्तिमा उल्लेख छ । सङ्घले बालबालिकासहित आमनागरिकको स्वास्थ्यमा गम्भीर असर पुर्याउने यस्ता सामग्रीको गुणस्तर मापन गरी कडा निगमन गर्न सरकारसँग माग गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठन लगायतका स्वास्थ्य सङ्घ सम्बन्धित निकायले सिसा मानिसको स्वास्थ्यका लागि अन्यन्त हानिकारक रहेको तथ्य प्रमाणित गरेका छन् । विज्ञप्तिमा बालबालिकामा सिसाको असरले बौद्धिक विकासमा अवरोध, सिकाइमा कठिनाइ, व्यावहारिक समस्या देखिनुका साथै दीर्घकालीन रूपमा दृष्टि, श्रवण र स्नायु प्रणालीमा गम्भीर नकारात्मक प्रभाव पार्ने वैज्ञानिक प्रमाणित तथ्य रहेको पाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x