मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

१९ वर्षमुनिको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज भारत र बङ्गलादेश खेल्दै

काठमाडौं । पोखरामा चलिरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि आज भारत र बङ्गलादेशले खेल्दैछन् । फाइनल खेल पोखरा रङ्गशालामा दिउँसो २ बजे शुरू हुनेछ ।

गएको माघ १७ गतेदेखि ‘राउन्ड रोबिन लिग’ का आधारमा सञ्चालन भएको प्रतियोगितामा साविक विजेता बङ्गलादेश लिगका तीनवटै खेल जितेर नौ अङ्कसहित शीर्षस्थानमा रहेर फाइनलमा पुगेको हो ।

भारतले दुई जित र एक हारसहित छ अङ्कसहित लिगको उपविजेताका रुपमा फाइनल खेल्न लागेको हो । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) को आयोजनामा काठमाण्डौ बाहिर पोखरामा पहिलो पटक प्रतियोगिता भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x