सप्तरीमा शंकास्पद वस्तु विस्फोट हुँदा ४ बालक घाइते
काठमाडौँ ।सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा ४ जना बालक घाइते भएका छन् ।
वनभोज खान त्यहाँ पुगेका बालकले खोलामा भेटिएको रकेट जस्तो देखिने खेलौना दाउरासँगै जम्मा गरेर राखेका थिए । चुल्हो नजिक राखिएको खेलौना अचानक विस्फोट भएको हो ।विस्फोटको छर्रा लागेर सोही ठाउँका साजन आले मगरका ११ वर्षका छोरा साहस, मनोज थापा मगरका ९ वर्षका छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षका छोरा कविर र पदमबहादुर विकका १३ वर्षको छोरा सुरज घाइते भएका हुन् ।
चारै जनालाई मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचारपछि थप उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको छ । घाइतेमध्ये साहस र प्राशिसको खुट्टा र शरीरका विभिन्न भागमा र कविर र सुरजको शरीरको विभिन्न भागमा छर्रा लागेको हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE