मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

रास्वपाको सरकार बनेमा सुकुम्बासी समस्या समाधान गर्ने लामिछानेको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपा का सभापति रवि लामिछानेले पाँच वर्षका लागि रास्वपाको सरकार बने सुकुम्बासी समस्या सदाका लागि समाधान गरिने दाबी गरेका छन् ।

भोट बैंकका रूपमा प्रयोग हुँदै आएको सुकुम्बासी समस्याको ‘पसल’ बन्द गर्ने समय आएको उनको भनाइ छ । ‘सुकुम्बासी समस्या भोट बैंक होइन्, यो समाधान गर्नुपर्ने बिषय हो, हामी गर्छौं,’

उनले भने ।शनिबार चितवन–२ मा सुकुम्बासीहरूसँगको भेटघाटमा उनीहरूले उठाएका समस्याबारे प्रतिक्रिया दिँदै लामिछानेले वास्तविक सुकुम्बासी समस्या कानुनी रूपमा समाधान हुनुपर्ने स्पष्ट पारे । उनले सुकुम्बासी समस्या समाधान गर्दा पार्टी वा व्यक्तिको आधारमा विभेद नहुने प्रतिबद्धता पनि जनाए ।‘रास्वपाको झण्डा बोकेर हिँड्ने कार्यकर्ता भए पाउने, नभए नपाउने भन्ने हुँदैन,’ उनले भने, ‘कानुनले जे भन्छ, त्यहीअनुसार समाधान गरिन्छ ।’

गलत तरिकाले भएका निर्णयका कारण पाउनुपर्नेले नपाएको अवस्था भए कानुन सच्याएर भए पनि योग्य व्यक्तिलाई जग्गा उपलब्ध गराइने उनको भनाइ थियो ।लामिछानेले सुकुम्बासी समस्या समाधानका विषय पार्टीको वाचापत्रमा स्पष्ट र ठोस रूपमा समेटिने पनि बताए । सुकुम्बासी समस्यालाई राजनीतिक लाभका लागि प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्दै स्थायी समाधानतर्फ जाने रास्वपाको नीति रहेको उनले उल्लेख गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x