मतदाताको प्रश्नमा ओलीको जवाफ- देउवाको घरमा पैसा जलेको भिडियो ‘एआई’ हो
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन(जी आन्दोलनका क्रममा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा लगायतका नेताहरूको घरमा पैसा जलेको भनिएको भिडियो ‘एआई’ को प्रयोग गरेर बनाइएको दाबी गरेका छन्।
शनिबार झापामा घरदैलो कार्यक्रमका क्रममा एक स्थानीय मतदाताले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले उक्त भिडियो र फोटोहरू नक्कली भएको जिकिर गरे।कमल गाउँपालिका(१ का स्थानीय मोहनबाबु शेर्माले ओलीलाई प्रधानमन्त्री हुँदा भ्रष्टाचार नियन्त्रणमा शन्य सहनशीलताको कुरा गरे पनि भदौं २३ र २४ गतेको आन्दोलनमा नेताका घरबाट डलर र पैसाका बिटा जलेको घटनामा किन मौन बसेको भनी प्रश्न गरेका थिए।जवाफमा ओलीले भने, ‘त्यो भिडियो र फोटोहरू एआई प्रविधि प्रयोग गरेर बनाइएका हुन्। विदेशतिर एआईको प्रयोग गरेर यस्ता नक्कली कुराहरू बनाइन्छन्। त्यो नेपाली फोटो नै होइन, दुष्प्रचार गर्न बनाइएको हो।’
उनले सामाजिक सञ्जालमा आएका कुरालाई सत्य मान्न नहुने तर्क गरे।मतदाताले ‘तपाईंकै पालामा नेताहरूको घरबाट पैसाको बिटा जलेको देखियो नि’ भनी प्रतिप्रश्न गर्दा ओलीले आफूले सबै नेताको इमान्दारिताको ग्यारेन्टी लिन नसक्ने बताए।‘मैले सबैको इमान्दारिताको ठेक्का लिन सक्दिनँ। कसले कोठाभित्र के गर्छ, कहाँ के लुकाउँछ, त्यो मलाई थाहा हुँदैन,’ ओलीले भने, ‘मैले थाहा पाएका बेला कारबाही गर्ने हो। कसैले ठेक्का लिएर भ्रष्टाचार गरेको छ भने त्यो मलाई जानकारी हुँदैन।’स्थानीय शेर्माले ‘त्यतिबेला पत्रकारहरूले जलेको ट्याङ्की र पैसा प्रत्यक्ष प्रसारण मै देखाएका थिए, त्यो पनि एआई हुन्छ र रु’ भनी प्रश्न गर्दा ओलीले बचाउ गर्दै भने, ‘अहिलेको जमानामा देखिने सबै कुरा सत्य हुँदैनन्। तर, यदि कसैले भ्रष्टाचार गरेको प्रमाणित भयो भने हामी छानबिन गरेर कारबाही गर्छौं।’आगामी निर्वाचन जितेर प्रधानमन्त्री भएमा भ्रष्टाचारीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउँदै ओलीले मतदातालाई आश्वस्त पार्ने प्रयास गरेका थिए।मतदाता शेर्माले भने नेताहरूको जवाफबाट आफू सन्तुष्ट नभएको संकेत गर्दै भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका थिए।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE