हामी जिम्मा लिन्छौँ, फेरि सिंहदरबार जल्दैन: सभापति थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी लिन सक्ने पार्टी कांग्रेस मात्रै रहेको दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।
‘अर्को वर्षको भाद्र २३, २४ पनि आउँछ,’ सभापति थापाले भने, ‘अर्को वर्षको भाद्र २३र२४ मा फेरि सरकारले नागरिकलाई गोली चलाउँदैन, फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसैले गर्न सक्ने भने त्यो कांग्रेसले मात्रै गर्न सक्छ । यो हामीले जिम्मा लिने हो ।’ देश सम्हाल्ने काम कांग्रेसको रहेको पनि उनले दाबी गरे ।
उनले भने,‘देशभित्र जुन अविश्वास छ, त्यसलाई बदल्ने काम, एक अर्काप्रतिको जुन अविश्वास छ, त्यसलाई भरोसामा बदल्ने काम हाम्रो हो ।’ कांग्रेसले सबैसँग संवाद गरेर अघि बढ्ने सभापति थापाले बताए । ‘हामी तन्नेरीसँग संवाद गर्छौँ । बुढापाकासँग संवाद गर्छौँ । मधेस, पहाड सबैसँग संवाद गर्छौँ । र, सबैलाई फागुन २१ पछि सबैसँग हातेमालो गरेर देश विकासको नयाँ अध्याय सुरु गर्न चाहन्छौँ,’ उनले भने ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE