रामेछाप बस दुर्घटना अपडेट- ज्यान गुमाउनेको सङ्ख्या १२ पुग्यो
काठमाडौं। रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
मृतकको संख्या १२ पुगेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । बस खसेको स्थानमा खोजी गर्दा केही बेरअघि ६ वटा शव फेला परेको जनाइएको छ ।
यो सँगै मृतकको संख्या १२ पुगेको हो । ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको जनाइएको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ । मंगलबार बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।
अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बाटोबाट अन्य थप यात्रु चढेनचढेको खुलेको छैन ।सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको जनाइएको छ ।सडकबाट खसेको बस नदीमा डुबेको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE